काठमाडौं –
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले आफ्नो कार्यविधी बनाएर जारी गरेको छ ।
समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा परेकाअ उजुरीहरु मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने भएको जनाएको छ ।
प्रेस बिज्ञप्ति-
१. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरियो ।
२. पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
३. पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव