मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेडिसिटी अस्पताल बन्यो नेपालकै पहिलो र एकमात्र विश्वस्तरीय अस्पताल



काठमाडौं–

नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र  विश्वस्तरीय अस्पताल  बन्न सफल भएको छ ।

नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच)मान्यता प्राप्त गरि मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको हो ।

अस्पतालको सेवा, जनशत्तिलका व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो ।

 

 

अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए । उनले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र नपुग्ने भन्दै स्वस्थ्य पनि हुनुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ५ : १२ बजे