बारा वन कार्यालयका प्रमुख घुससहित समातिए



बारा चैत, १५–
बाराका डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर घुससहित पक्राउ परेका छन् । कार्यालय प्रमुख ठाकुरसहित ३ जना घुससहित पक्राउ परेका हुन् ।

कार्यालय प्रमुख ठाकुरसँगै सहायक वन अधिकृत गौरीशंकर प्रसाद साह र कार्यालय सहयोगी रामचन्द्र अधिकारी सिमरास्थित कार्यालयबाटै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार  ९ : ४० बजे