काठ्माण्डौ,एजेन्सि-
पश्चिमेली देशाहरुको चाहाना बिपरित पछिल्लो समय चिन बिश्वशक्ती बन्ने अभियानमा सफल देखिन थालेको छ ।चिनले अघी बढाइ रहेको उसको महत्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ अभियानमा अब युरोपेली देश इटाली पनि सहभागी हुने भएको छ ।
हाल युरोप भ्रमण मा रहेका चिनियाँ राष्ट्रपति सी जिन्पिङले इटालिसग २.८ अर्ब अमेरिकी डलर बराबरको २९ वटा सम्झौतामा हस्ताक्षर गरेका छन ।
ती परियोजनाहरूलाई ‘नयाँ रेसम मार्ग’का रूपमा हेरिएको छ र त्यसले चीनलाई युरोपसँग जोड्ने बताइएको छ ।
यस समझादारी पश्चात अमेरिका र अन्य युरोपेली देशहरु भने इटाली प्रती शषङ्कित देखिएका छन । चिनको बढ्दो बिश्वब्यापी प्रभाब उनिहरुलाई चिन्ताको बिशय बनिरहेको छ ।
यो सम्झौता सगै युरोपेली राष्ट्र इटाली चीनको महत्त्वाकाङ्क्षी ‘बेल्ट एन्ड रोड’ अभियानमा सहभागी हुने पहिलो विकसित अर्थतन्त्र बनेको बिबिसिले समाचारमा उल्लेख गरेको छ ।










