मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुँदै, हुरी बतास चल्ने सम्भावना



काठमाडौं चैत, २६–
मंगलबार विहानबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशका पूर्वी र मध्य भागका केहि स्थानमा र पश्चिमका १÷२ स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै गरी पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ। हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ । मंगलबार उपत्यकासहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको उनले बताए ।

आज केहिछिन मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्ने उनको अनुमान रहेको छ ।

पूर्वी तराईमा हुरीबतास पनि चल्ने सम्भावना रहेकाले सुरक्षित र सावधानी अपनाउन मौसमविद्को आग्रह छ

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १ : ५८ बजे