काठ्मान्डौ, एजेन्सि-
युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान दक्षिण कोरियाको साङ्गितिक समुह ब्ल्याकपिङ्कले बनाएको छ।
उक्त’ भिडिओले दुई दिन १४ घण्टामा १० करोड दर्शक बटुलेर अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको बिबिसिले समाचारमा उल्लेख गरेको छ ।
पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको युट्युबले जनाएको थियो। भिडिओ अहिले युट्युबको पाचौ नम्बर ट्रेन्डिङ्मा रहेको छ ।
पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान ब्ल्याकपिङ्कले आफ्नो आधिकारिक फेस बूक पेज मार्फत दाबी गरेको छ ।
भिडियो हेर्नुहोस्-














