चुनाब आउन २ दिन बाकी हुँदा भारतको छत्तीसगढमा हमला, भाजपा नेता भीमा मंडावी सहित ५ जना मारिए



चैत २६,काठमाडौं -एजेन्सि

भारतको छत्तीसगढ राज्यमा भएको भारतिय जनाता पार्टीका नेता कार्यकर्ताहरु माथी आक्रमक हमला भएको छ ।चुनाब प्रचार सकेर फर्किदै गरेका भाजपाका नेता कार्यकर्ताहरुमाथी माओबादि हातीयारधारी समुहले हमला गरेको हो ।

आक्रमणमा परी सत्तारूढ भारतीय जनता पार्टीका दंतेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएको भारतीय अनलाईन पत्रीका दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।

छत्तिस गढ लगायत भारत भरी पहिलो चरणको चुनाब आगामी बिहिबार देखी शुरु हुँदैछ ।

भारतीय जनता पार्टीका दंतेवाडाका विधायक भीमा मंडावीले प्रयोग गरेको बुलेट प्रूफ गाडी हम ला मा परी पुर्ण रुपमा क्षति ग्रस्त भएको समाचारहरुमा जनाइएको छ । हमला बिष्फोट पूर्ण र निकै शक्तिशाली भएको बताइएको छ ।

छत्तिसगढमा गत तीन दशकयता माओवादी सशस्त्र द्वन्द्व चलिरहेको छ,त्यहा यस अघी देखी नै बारम्बार सुरक्षाकर्मीहरुमाथि हमलाहरु हुनेगरेका छन । त्यहाका बिद्रोहीहरुलाई नक्सलबादी भन्ने गरिएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार  २ : ०८ बजे