काभ्रे चैत, २७–
नेपाली कांग्रेसले आज काभ्रेमा विशाल आमसभा गर्दैछ । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को आयोजनामा भकुण्डेवेशीमा सरकार विरुद्ध आमसभा आयोजना हुन लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुने क्षेत्रीय सभापति एवम् पूर्वसांसद तीर्थ लामाले जनाए । सभापति देउवासौ उक्त आमसभालाई नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाइँलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । आमसभासँगै आज कांग्रेसको कार्यालयको पनि उदघाटन गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा कलाकारहरू देवी घर्ती मगर, सन्ध्या बुढा ‘काउली बुढी, कुमार कट्टेल, अर्जुन घिमिरे लगायतको प्रस्तुति रहने बताईएको छ ।
२७ चैत्र २०७५, बुधबार
0
Shares