१ वैशाख, काठमाडौं –
केन्याको प्रहरीले एक नाइट क्लबमा छापा मार्दा १२ नेपाली महिला पक्राउ परेका छन । पक्राउ परे सगै उनिहरु कसरी त्यहा पुगे भन्ने बिषयमा केन्याको प्रहरिले अनुशन्धान शुरु गरेको छ ।
प्रहरीले छापा मार्दा पक्राउ परेका नेपाली महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको समाचारहरुमा जनाइएको छ ।
पक्राउ परेका नेपाली महिला\हरुलाई केहि समय पहिले देखी नै प्रहरिले निगरानिमा राखेको र उनिहरु पक्राउ परे सगै प्रहरिको अपरेसन सफल भएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेफले सञ्चारमाध्यम हरुलाई बताएको बिभिन्न बिदेशी सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
त्यहाको प्रहरिले मानब तस्करहरुले त्याहा पुर्याएका बिभिन्न देशका महिलाहरुको सम्लग्नतामा यौन ब्यबसाय हुने गरेको भन्दै मानबतस्करहरु बिरुद्द कडाइ गर्दै आइरहेको छ ।
नेपालिहरु पक्राउ परेको नाइट क्लबका अफ्रीकी मुलका मालिकसग क्यानाडाको पास्पोर्ट प्रहरिले भेट्टाएको र उनलाई समेत पक्राउ गरी प्रहरिले छानबिन गरिरहेको समाचारहरुमा जनाइएको छ ।
नाइट क्लबमा पक्राउ परेका नेपाली ,महिलाहरु पनि मानब तस्करहरुले बिभिन्न नाका हुँदै गैह्र कानुनी रुपमा त्यहा पुर्याएको प्रहरिले आशङ्का गरेको छ ।










