जर्मनिको ह्याम्बर्ग शहरमा सुनको जलप लगाएको कार प्रहरीको नियन्त्रणमा



काठ्माण्डौ, एजेन्सि-

जर्मनिको प्रहरीले जर्मनिको ह्याम्बर्ग शाहरबाट एउटा सुनको जलप लगाएको कार नियन्त्रणमा लिएको छ ।

कारको बाहिरी भागमा सुनको जलप लगाइएको र त्यसको चमकको कारण सडकमा अन्य सवारी चलाउनेहरुलाई अफ्ठेरो भएपछी प्रहरीले उक्त कारका मालिकलाई सुनको जलप हटाएर मात्रै कार चलाउन  भनेको थियो । प्रहरिको निर्देशन बिपरित कारका धनीले पुरानै अवस्थामा कार चलाए पछी कार प्रहरिले नियण्त्रणमा लिएको अन्तर -रास्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

उक्त कार पुरानै अवस्थामा चलाउदा त्यसको चमक ले सडकका अन्य गाडी चालकको आखा तिर्मिराएर दुर्घटनाको खतरा बढेकोले कार नियण्त्रणमा लिनु परेको प्रहरीले दाबी गरेको छ ।

कारमा लएको सुनको जलप हटाउन कार धनी तयार भएपछी प्रहरीले कारमा लगाइएको सुनको जलप हटाएर मात्रै चलाउने सर्तमा जरिवाना तिराएर  छोडेको अन्तर-रास्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार  ६ : ४४ बजे