काठमाडौं वैशाख, २–
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ । ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । दिउँसो ३ः १५ बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।
आजको पत्रकार सम्मेलनमा देशको समसामयिक विविध विषयमा तथा प्रधानमन्त्री ओलीले हिँजो १ गते एक वर्ष गरेका कामको फेहरिस्त सुनाएको जवाफ दिने कांग्रेसको तयारी छ । काँग्रेसले पनि सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ । त्यस्तै, काँग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रुपमा अगाडि बढाउने बिषयमा समेत आजको पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी रहेको छ ।
बैशाख २, २०७६ सोमबार
प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार ७ : ४५ बजे








