काठ्माण्डौ,एजेन्सि-
भारतिय बायुसेना प्रमुख बीएस धनोआले भारतिय बायु सेनाको सैन्य क्षमतालाई प्रतिस्पर्धी बनाउन र आगामी केहि बर्ष हावाइ सेनाको स्तर र प्रबिधिलाई अन्तर्-राष्ट्रीय रुपमा सन्तुलित राख्नका लागी पनि फ्रान्स र भारत सरकार बिच भएको सम्झौता अनुसार तोकिएकै मितिमा राफेल लडाकु जहाँज भारतिय बायु सेनामा सम्लग्न गराइनु पर्ने बताएका छन ।
उनले केहि समय अघाडी भारत पाकिस्तान बिच तनाब बढेर भारतले पाकिस्तनको बालाकोटमा भारतिय बायु सेनाले सैनिक अप्रेसन चलाउदा नै भारतिय बायुसेनासग राफेल भएको भय बायु सेनाले कयौ गुणा राम्रो परिणाम दिन सक्थ्यो भन्ने दाबी समेत गरेका छन ।
भबिष्यको हवाइ शक्ति, प्रबिधी र त्यसको प्रभाब बिशयको एक कार्यक्रममा बोल्दै बायु सेना प्रमुखले एस्तो बताएका हुन ।
फ्रान्स र भारत सरकार बिच भएको राफेल खरिद सम्झौतामा ठुलो भ्रस्टाचार भएको र त्यसमा प्रधानमन्त्री मोदी सम्लग्न भएको भारतिय कांग्रेसआइ अध्यक्ष राहुल गान्धीले आरोप लगाउदै आएका छन । यो मुद्दा भारतको सर्बोच्च अदालतमा समेत सुनुवाइ भइसकेको छ ।
सर्बोच्च अदालतले गरेको फैसलालाई आफ्नो ढङ्गले ब्याख्या गरेर अदालतको मान हानी गरेको भनि भारतिय कांग्रेस अध्यक्ष राहुल गान्धी बिरुद्द सर्बोच्च अदालतमा फेरी निबेदन गरिए पछी राहुल गान्धीलाई जवाफका लागी सर्बोच्च अदालतले एक हप्ता पछी फेरी उपस्थित हुन आदेश दिएको भारतिय सन्चारमाध्यमहरुले समाचारमा उल्लेख छन ।