अमेरिकाका दक्षिणी राज्यमा बाढी सहितको शक्तिशाली टोर्नेडो आधी ,आठ जनाको मृत्यु थुप्रै घाइते



अमेरिकाका दक्षिणी राज्यमा ट्रोनेडो आँधी सहितको बाढी आएपछि  कम्तीमा आठ जनाको मृत्यु भएको र धेरै व्यक्ति घाइते  भएको अमेरिकि सञ्चारमाध्यमहरुले जनाएका छन ।

 आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा ट्रोनेडोले तीनवटा राज्यलाई छोएको  सञ्चारमाध्यमहरुले  बताएका छन्।

टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। कारको अगाडिको सिटमा बसेका ती बालबालिका अभिभावक भने सकुशल छन्।

मिसिसिपी, टेक्सस र लुइजियाना राज्यबाट मानवीय क्षतिका विवरण प्राप्त भएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सडकमार्गहरूमा थुप्रिएको अवशेषका कारण केही घाइतेहरूलाई घण्टौँसम्म पनि उद्धार गर्न सकिएको  छैन ।

आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा ट्रोनेडोले तीनवटा राज्यलाई छोएको बताएका छन्।

ओहायो, दक्षिणी क्यारोलाइना र भर्जिनियामा पनि सोमवार ट्रोनेडोको चेतावनी दिइएको थियो।

अमेरिकामा समय समयमा जनधनको क्षति हुनेगरी शक्तीशाली आधीहरु आउने गरेका छन तर त्यहाको मौसमको बारेमा पूर्व सुचना दिने बलियो र भरपर्दो प्रणाली र पूर्वसुचनाका आधारमा सरकार र जनताको तर्फबाट अपनाइने सतर्कताका कारण शक्तिशाली अधिहरुबाट पनि न्युन मानबिय क्षति हुने गरेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : ५३ बजे