झण्डै तीन हप्ते कार्यक्रमको तालिकासहित कांग्रेस वरिष्ठ नेता पौडेलको जिल्ला दौडाह सुरु (तालिकासहित)



काठमाडौं वैशाख ५–
नेपाली कांग्रेसका नेताहरु यतिवेला जिल्ला दौडाहमा निकै खटिएका छन् । यतिवेला कांग्रेसका शीर्ष नेतादेखि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला नेताहरुलाई काठमाडौंमा खोजेर भेट्न सकिदैन । उनीहरुलाई भेट्न जिल्लामै पुग्नुपर्ने अवस्था छ । अझैं कांग्रेसले वैशाख ११ गतेदेखि देशैभर जागरण अभियानको समेत औपचारिक घोषणा गरिसकेको छ । यसैबीच कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले झण्डै तीन हप्ताको देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेका छन् । नेता पौडेलले बिहिबार आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका हुन् । वरिष्ठ नेता पौडेलले वैशाख महिनामा विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम भनेर सार्वजनिक गरेका हुन् । जस अनुासर वैशाख ५ गतेः पोखरा प्रस्थान, गरी हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि हुने, वैशाख ७ गतेः भैरहवा पुगी रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन ।
वैशाख ८ गतेः रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने, वैशाख ९ गतेः रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
त्यस्तै, वैशाख १० गतेः सडक मार्ग हुँदै सप्तरीका पुग्ने र ११ गतेः नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लगत्तै,
वैशाख १२ गतेः सिरहामा कार्यकर्ता भेटघाट तथा बृहत सभालाई सम्बोधन, वैशाख १३ गतेः नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि हुने नेता पौडेलको कार्यक्रम रहेको छ । त्यस्तै, वैशाख १४ गतेः नेता पौडेल रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुग्ने छन् भने १५ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । लगत्तै, १६ गतेबाट फेरी नेता पौडेलको देश दौडाह सुरु हुनेछ । वैशाख १६ गतेः धनगढी हुँदै सुदुर पश्चिम दार्चुला पुग्ने र १७ गते
नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने र बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, वैशाख १८ गते बैतडीको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने तथा वैशाख १९ मा नेपाली कांग्रेस बझाङद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन तालिका रहेको छ । त्यसपछि वैशाख २० गते नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने र २१ गते नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
वैशाख २२ गते बिहान कञ्चनपुरको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्ने र २३ गते कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्त्यमा वैशाख २४ गते कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको वरिष्ठ नेता  पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहिबार  ८ : ५७ बजे