काठमाडौं वैशाख, ८–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारलाई कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग गरिएको छ ।
वैशाख ६ गते नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्व पक्राउ परेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘पार्टीमाथिको दमन, प्रतिबन्ध, गिरफ्तारी रोकिएन भने हामी सशक्त्र प्रतिरोध गर्न बाध्य हुनेछौँ । अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस् ।’