वैशाख १६ गतेका लागि संसदको वर्षे अधिवेशन आह्वान



काठमाडौं वैशाख, ८–
वैशाख १६ गतेका लागि संघीय संसदको बजेट अधिवेशन बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख १६ गतेका लागि संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यो बर्ष वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार  ९ : १९ बजे