मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा सरकारको चर्को आलोचना, कम्युनिष्ट सरकारको नियत नै खराब भएको आरोप



बुटवल वैशाख, ८–
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललले वर्तमान कम्युनिष्ट सरकारले यति राम्रो सुनौलो समय गफ गरेर खेर फालेको आरोप लगाएका छन् । आइतबार रुपन्देही क्षेत्र नम्बर ३ को सम्मेलन उदघाटन गर्दै बरिष्ठ नेता पौडेलले सरकारको चर्को आलोचना गरेका हुन् ।

उनले अहिलेका सरकारका मानिसहरुले कांग्रेसले बनाएका संरचनामा फोटो खिच्ने काम भन्दा अर्को केही नगरेको आरोप लगाएका हुन् । उनले २०४८ सालमा आफूहरुलाई ज्ञानको कमी भए पनि जनताप्रति माया अगाध भएको भन्दै कम्युनिष्टहरुमा त्यो नदेखिएको बताए । आफूहरुले वीपीको नीति अनुसार गाँउलाई हेरेर विकास गर्न खोजेको तर, मओवादी जनयुद्धको नाममा विकास गर्न नपाईएको आरोप लगाए ।


नेता पौडेलले वर्तमान सरकारले विकासको प्राथमिकता छुट्टयाउन नसकेको बताउँदै उनले कम्युनिष्ट सरकारको नियत नै ठिक नभएको आरोप लगाए ।

उनले कम्युनिष्टहरुले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाएका हुन् । उनले सरकारका क्रियाकलापहरुले पूर्णरुपमा सरकार असफल सावित भएको समेत दाबी गरे ।

 

वरिष्ठ नेता पौडेलले भने, ‘दुईतिहाई बहुमतको कम्युनिष्ट सरकारले सुनौलो अवसर पनि बर्बाद पा‍र्यो ।’ सरकार सत्ता र कार्यकर्ताको लागि प्रयोग भएको उनको आरोप थियो ।

उनले सरकारसँग नयाँ योजना तथा कार्यक्रम नभएको र एक वर्षमा जनतालाई अन्यौलमा राख्ने बाहेक अरु केही गर्न नसकेको बताए । वर्तमान सरकार कुहिरोमा हराएको काग जस्तै भएको उल्लेख गर्दै नेता पौडेलले जनताको हित र संविधानको रक्षाका लागि काँग्रेसले सहि कदम चाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ४५ बजे