सरकारसँग वार्ता गर्न राप्रपाले समिति बनायो



काठमाडौं वैशाख ९–
सरकारले वार्ताको आह्वान गरे लगत्तै कमल थापा नेतृत्वको राप्रपाले वार्ता टोली गठन गरेको छ । सरकारसँग वार्ता गर्न राप्रपाले वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । सोमबार बसेको राप्रपाका शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको वार्ता टोली गठन गरेको राप्रपाले जनाएको छ ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।
सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको जनाए । राप्रपाले हिन्दुराष्ट्रसहित राजतन्त्र पुनर्स्थापना लगायतका मुद्दामा आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  ६ : ३४ बजे