मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमालाई ढोगेर आमासँगै मतदान गरे भारतीय प्रधानमन्त्री मोदीले



काठमाडौं वैशाख, १०–
भारतमा लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान मंगलवार भइरहेको छ । लोकसभाको ११७ सीटका लागि विभिन्न राज्यमा मतदान भइरहेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको रानिप मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गर्नुअघि उनले गान्धीनगरमा आफ्नी आमा हीराबेनसँग भेटघाट गरे । त्यसक्रममा उनले आमाको गोडा छोएर आशीर्वाद लिए ।

आमाले मोदीलाई आशीर्वादस्वरूप एउटा नरिवल, मिश्री र ५०० भारु दिइन् ।

आमाको आशीर्वाद लिएपछि मोदीले खुला जीपमा चढेर मतदान केन्द्र पुगेर मतदान गरे । प्रधानमन्त्री मोदीले उनकी ९० वर्षीया आमा हीराबेन मोदी सगै गुजरातको अहमदाबादमा मतदान गरेका छन् । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

गुजरात पुग्दा प्रधानमन्त्री मोदी आमालाई अवश्य भेट्छन् । उनी आफ्नी आमाको निकै नजिक छन् ।

गान्धीनगर लोकसभा सीटबाट भाजपा राष्ट्रिय अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन् ।

मतदान गरेपछि प्रधानमन्त्री मोदीले भने, ‘कुम्भको मेलामा स्नान गर्दा पवित्रता अनुभव भएजस्तै लोकतन्त्रको महापर्वमा भोट दिँदा पवित्रताको अनुभव गरिरहेको छु ।’

प्रधानमन्त्री मोदीले मानिसहरूलाई भोट गर्न अपील समेत गरे । एजेन्सी

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : २५ बजे