पद विभाजनले नेकपामा असन्तुष्टि छताछुल्ल, रुपन्देहीका पार्टी सचिवद्वारा राजीनामा



बुटवल वैशाख, ११–
पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउदै नेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । छन् । रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।

जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए ।

बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।

सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि हो । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका हुन् । आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराएको न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  ५ : ४७ बजे