बैशाख ११, काठ्माण्डौ-
तीन सयभन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घाइते हुने गरी श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटन भएको केही समयपछि गलत अफबाहापुर्ण समाचार फैलिन थालेपछि श्रीलङ्का सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले नागरिकहरूलाई अनुमानित अफबाह नफैलाउन गरेको अनुरोध पछी पनि सामाजिक सञ्जालहरुमा अफबाह र मिथ्या समाचार फैलन नछोडेपछी त्याहाको सरकारले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाएको अन्तरराष्टृय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
समाचारमा जनाइए अनुसार ट्विटरमा भने प्रतिबन्ध लगाइएको छैन ।
श्रीलङ्कामा एक वर्षअघि पनि मुस्लिम समुदायमाथि हिंसा बढेको बेला फेसबुकमाथि केही समय प्रतिबन्ध लगाइएको थियो।
श्रीलङ्कामा हाल लगाइएको प्रतिबन्ध उचित हो या होईन भन्नेमा अन्तर्आष्ट्रीय स्तरमा टिक्का टिपण्णीहरु शुरु भएका छन ।कतिपयले यसले नागरिकको सुचनाको हक उलङ्घन हुने भनि आलोचना गरेका छन ।सरकारले हतारमा निर्णय लिँदा सूचनाको स्वतन्त्र सूचना प्रवाहमा असर पार्ने भन्दै धेरैले श्रीलङ्का सरकारको आलोचना गरी रहेका छन ।