काठ्माण्डौ-
फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेम गीत-३’ निर्माण हुने भएको छ।
नेपालमा अहिले हिट चलचित्रका सिरिज चलिरहेका छन् । यसैले पनि धेरै निर्माता सिरिज बनाउन नै लागिपरेका छन् । यसैविच, यस अघिको सुपर हिट चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्ने भएको छ ।
फिल्म निर्माण युनिटले छायांकन अगावै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको छ । फिल्म छायांकनका लागि फ्लोरमा नगई निर्माण युनिटले फस्ट लुक र प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्म यसै वर्षको चैत २८ गते प्रदर्शनमा आउने छ। चलचित्रको प्रदर्शन मिति र निर्देशक पनि फाइनल गरिएको छ । यो चलचित्रलाई चैत्र २८ गते रिलिज गर्ने तयारी गरिएको छ । नयाँ बर्षको छेको पारेर चलचित्रलाई रिलिज गर्न लागिएको हो ।
फिल्मको पोस्टरमा एक अपिरिचित पात्रलाई हातहतियारसहित प्रस्तुत गरिएको छ।
पोष्टरमा देखाइएको पात्रको प्रकृति ऐतिहासिक प्रेमकथा र बदलामा आधारित रहेको संकेत बुझ्न सकिन्छ।
फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोस सेनले निर्देशन गर्ने छन्। फिल्मलाई निर्देशक गुरुङ आफैले लेखेका हुन्।