मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंकामा सुरक्षा निकाय प्रमुखहरु फेर्ने तयारिमा राष्‍ट्रपति मैत्रीपाला सिरीसेना : रक्षा सचिव हेमासीरी फर्नांडोले दिए पदबाट राजिनामा



काठ्माण्डौ,एजेन्सि-

श्रीलंकाका रक्षा सचिव हेमासीरी फर्नांडोले आफ्नो पदबाट राजिनामा दिएका छन ।

श्रीलंकामा थुप्रै मानिसहरुको  ज्यान जाने गरी भएको बिस्फोट पछी रक्षा सचिबले आफ्नो पदबाट राजिनामा दिएका हुन ।

देशको गुप्तचर निकायसग आत्मघाती हमलाको पूर्व जानकारी हुँदा हुँदै पनि त्यस्लाई रोक्न नसकेको भन्दै श्रीलङ्काका राष्‍ट्रपति मैत्रीपाला सिरीसेनाले रक्षा सचिव हेमासीरी फर्नांडो र श्रीलंकाका प्रहरी प्रमुख पुजिथ जयासुंदराले राजिनामा दिनुपर्ने बताएपछी रक्षा सचिबले राजिनामा दिएको अन्तर-राश्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

आत्मघाती  हमला पछी राष्‍ट्रपति मैत्रीपाला सिरीसेनाले राष्‍ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा निकायका प्रमुखहरु फेर्ने घोषणा गरेका थिय । राजिनामा दिएका रक्षा सचिबको ठाउमा श्रीलङ्काली सेनाका पूर्व कमांडर दया रत्‍नायकेलाई जिम्मेवारी दिने श्रीलङ्का सरकारको तयारी रहेको समाचारहरुमा जनाइएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ३ : ३३ बजे