मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति पुटिनसँग किम जोङ उनको पहिलो भेट : अमेरिकाको रवैया ठिक नभएको किमको आरोप



काठ्माण्डौ ,एजेन्सि-

उत्तर कोरियाका तानासाह राष्ट्रपती किम जोंग उनले अमेरिकि राष्ट्रपती डोनाल ट्रम्पसग आफ्नो भरोसा टुटेको बताएका छन । किम जोंग उन र रूसका राष्ट्रपति  भ्लादिमिर पुटिन  बीच बिहिबार रुसको व्लादिवोस्तोकमा भएको पहिलो भेट्घाटमा उनले अमेरिकि राष्ट्रपती ड्रोनाल्ड ट्रम्पको रवैया उस्तै रहने हो भने अमेरिका सगको आफ्नो समबन्ध बिग्रीन सक्ने बताएका हुन । रूसका राष्ट्रपति लाई भेट्न रुस पुगेका उत्तर कोरियाका नेता किम जोंग उन र रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिन बिच रुसको व्‍लादिवोस्‍तोकमा सौहर्दपूर्ण एवं मैत्रीपूर्ण वार्ता भएको कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

भेटमा किमले पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका छन भने पुटिनले  निमन्त्रणा स्विकार गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाए अनुसार दुबै नेता हरुबिच धेरै मुद्दाहरुमा सहमती बनेको छ ।

यस सगै अमेरिका र उत्तर कोरियाको सम्बन्ध फेरी पुरानै तिक्तता पुर्ण अवस्थामा पुग्ने अनुमान गर्न थालिएको छ भने
कोरियाली प्रायदिपमा शान्ती स्थापना हुने कुरामा आशङ्का पैदा भएको छ ।

उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिका र उत्तर कोरियाको सम्बन्ध फेरी बिग्रेको खण्डमा उत्तर कोरियाले रुस सग सम्बन्ध प्रगाढ बनाउन चाहेको र यदी तेस्तो भय त्यो झनै खतरनाक हुने अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

 

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : ४८ बजे