काठ्माण्डौ,एजेन्सि-
भारतिय युद्धपोत आईएनएस विक्रमादित्यमा आगलागी भयपछी त्यसलाई नियन्त्रणमा लिने कोशीस गर्दा भारतिय नौसेनाका एक सैनिक अफिसरको मृत्यु भएको छ ।
युद्दपोतमा लागेको आगो निभाउने कोशीस गर्दा गर्दै भारतिय नौसेनाका लेफ्टिनेंट कमांडर डीएस चौहान धुवाका कारण बेहोस भयपछी उनलाई सैनिक अस्पताल पुर्याइएपनी उनको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।
युद्धपोतमा भएको आगलागी नियन्त्रणमा आइसकेको र युद्धपोतमा कुनै ठुलो क्षति नभएको भारतिय नेभिलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन । युद्दपोतमा भएको आगलागिको कारण पत्ता लगाउन अदेश दिइएको छ ।
रूसमा निर्मित युद्धपोत एडमिरललाई भारतिय नौसेनाले आईएनएस विक्रमादित्य नाम राखेर भारतिय सैनिक मिसनहरुमा सामेल गरिरहेको छ ।यो युद्दपोत लगातार ४५ दिन समुद्रमा रहन सक्छ भने यसको आकार तीन फुटबल ग्राउंड बराबर रहेको छ । यसमा ३० लड़ाकू विमान,थुप्रै हेलोकप्टरहरु पार्किङ्,उडान र अवतरण गर्न सक्छन ।यो युद्दपोत भारतिय नौसेनाको एक प्रमुख हिस्साको रुपमा रहेको छ ।
यस युद्दपोतमा सन २०१६ मा पनि सामान्य आगलागी भएको थियो ।