काठमाण्डौं –
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले टुडिखेल माथी समेत आखा लगाउने सरकार हुनु नेपाल र नेपालिकै लागी दुखको कुरा भएको बताएका छन । बालुवाटार बेच्ने टुडिखेल भाडामा लगाउने समाचार आउनु दुखद भएको भन्दै नेता कोइरालाले आफ्नो फेसबुकमा आपत्ती जनाएका छन ।
सार्वजनिक सम्पत्ती माथीको लुट कहिले सम्म ? भन्ने प्रश्न गर्दै नेता कोइरालाले यसमा सम्लग्न जोसुकै भए पनि कार्बाही गर्न सरकार सग माग गरेका छन ।
नेता कोइरालाले यो भन्दा ठुलो बेईमानी केही हुन नसक्ने उल्लेख गर्दै बालुवाटार र टुडिखेलको जग्गा प्रकरणमा जतिसुकै शक्तिशाली र ठुला नेता संलग्न भएपनी कानुन बमोजिम तत्काल कारबाही गर्न शेखरले सरकारसँग माग गरेका छन्।








