मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस रहुन्जेल प्रेस स्वतन्त्रता कसैले हनन गर्न सक्दैनन : कांग्रेस सभापती देउबा



बैशाख १५,काठ्माण्डौ-

कांग्रेस सभापति शेरबहादुर देउवाले  नेपाली कांग्रेस सधै प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको र आगामी दिनमा पनि कांग्रेसले यसका लागी कसै सग सम्झौता नगर्ने बताएका छन ।देउवाले  पत्रकारहरुलाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन् । उनले पत्रकारलाई पक्राउ गरिरहेको भन्दै सरकारको आलोचना गर्दै नेपाली कांग्रेस रहुन्जेल प्रेस स्वतन्त्रता कसैले हनन गर्न नसक्ने समेत बताए ।

नेपाल पत्रकार महासंघले देउवा निवास बूढानीलकण्ठमा आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति  देउवाले  समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार भएकोले कांग्रेस प्रेस स्वतन्त्रताका लागी जेसुकै गर्न तयार रहेको र प्रेस  तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा  नेपाली कांग्रेसको साथ रहने  समेत देउबाले बताए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : २९ बजे