मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाभ कर नतिरे एनसेलमा ताला लगाइनु पर्छ : नायिका रेखा थापा



बैशाख १५,काठ्माण्डौ-

नेपाली चलचित्रकी सदाबहार नायिका , चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर सरकारले असुल गर्न नसकेको  उल्लेख गर्दै  दबाब दिन युवाहरूलाई आह्वान गरेकी छन्।

निर्मात्री समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्चाउँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाइन ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले पूँजीगत लाभकर राज्यलाई नतिरे सम्म एनसेल बिरुद्द अहिले चलिरहेको आन्दोलन नरोक्न समेत सबैलाई आह्वान गरिन ।

एनसेलले हाल करिब ४० अर्ब पूँजीगत लाभकर तिर्न बाको रहेको भनिएको छ ।  तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरूले गुनासो गरिरहेका छन्। उनीहरूले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दबाब दिँदै आएका छन्।यो बिशयलाई हाल सर्बोच्च अदालतले समेत प्राथमिकताका साथ हेरी रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४५ बजे