काठमाडौं वैशाख, १६–
नायिका श्वेता खड्का बिरामी भएकी छिन् । उनी बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके अस्पताल भर्ना भएकी हुन् । उनी चिउँडोमुनि ट्युमर आएपछि उपचारका लागि दिल्ली गएकी हुन् ।
नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ भनेकी छिन् ।
सँगै ‘हेल्लो जिन्दगी’ को छायांकन बीचमै छाड्न बाध्य हुँदा उनले दुःख लागेको कुरा फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । श्वेता लेख्छिन्, ‘तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’
बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले श्वेताको चिउँडोमुनि आएको ट्युमरको ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । नायिका खड्काले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको उल्लेख गरेकी छिन् ।










