मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारको जग्गा अपचलनमा जोडिएपछी बाबुराम भट्टराइको प्रतिकृया : नखाएको बिष लाग्दैन



काठमाडौं वैशाख, १६–
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराइले बालुवाटार जग्गा प्रकरणमा आफ्नो पनि नाम मुछिएपछि मुख खोलेका छन् । उनले  प्रधानमन्त्री निवास बालुवाटारभित्रको जग्गा व्यक्तिका नाममा भएको किनबेचमा आफू संलग्न नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री भट्छराई ट्विटरमार्फत आफ्नो संलग्नता नभएको बताएका हुन् ।  उनले  ट्विटरमा बालुवाटारभित्रको जग्गा अपचलनमा आफु  नमुछिएको दाबी गरेका छन्।

उनले लेखेका छन, ‘जग्गासम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचार प्रती आपत्ती जनाउदै उनले यसबारे गम्भीरतपूर्वक छानबिन होस् ।’ नेता भट्टराईले  सत्यतथ्य बाहिर आओस् र जसले गरेको भएपनि गलत गर्नेलाई कारबाही होस भन्ने माग गरेका छन् ।  जग्गा अपचलनमा भट्टराइ प्रधानमन्त्री हुँदाको मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारहरु सार्वजनिक भएपछि यस विषयमा भट्टराई ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

भट्टराइको ट्विटरबाट

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : १४ बजे