निर्वाचित कार्यसमिति भङ्ग गर्नु कांग्रेसको विधान र लोकतान्त्रिक मान्यता विपरित : कांग्रेस महामन्त्री कोइराला



काठ्माण्डौ-

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले देश र बिदेशमा रहेका नेपाली कांग्रेस मातहतका सम्पूर्ण पार्टी इकाइहरुलाई बिधान अनुसार अधिबेशन गर्ने र निर्बाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने अधिकार रहेको बताएका छन ।

नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमको आगामी अधिबेशनका बारेमा कुनै बिबाद नरहेको शङ्केत गर्दै महामन्त्री  कोइरालाले नेपाली कांग्रेस मातहतका सम्पुर्ण निर्बाचित एकाइहरुलाई बिधान अनुसार हुने महाधिबेशनबाट निर्बाचित कार्य समितिले मात्रै बिस्थापित गर्न सक्ने बताउदै निर्बाचित समितिहरु भङ्ग गर्दै तदर्थ समिती बनाउने कार्य नेपाली कांग्रेसको विधान र लोकतन्त्रको आधारभुत मान्यता बिपरित भएको बताए ।

निर्बाचित कार्य समिती भङ्ग गर्ने कार्यलाई बिधान अनुसार गरिएको भन्नु बिधानको अपब्याख्या हुने समेत उल्लेख गर्दै कोइरालाले पार्टी र पार्टी मातहतका निकायलाई तदर्थबादमा चलाउन खोज्नु लोकतान्त्रीक चरित्र नहुनेमा जोड दिए ।

बेल्जियममा निम्त्याइए जस्तो बिबाद अन्यत्र पनि आउन सक्ने भन्दै महामन्त्री कोइरालाले त्यसको समाधानका लागि पनि निर्वाचित कार्यसमितिमार्फत नै निर्वाचन सम्पन्न गराउनु उपयुक्त हुने बताए । निर्बाचित कार्य समिती भङ्ग गरेर तदर्थ समिती बनाउने शुरुवात गरिए अन्यत्र पनि तेस्तै रोग सल्किने हुनाले बुढी मर्ने भन्दा  काल पल्कियला भन्ने महत्वपुर्ण भएको बताए ।

लोकतान्त्रीक पार्टिमा निर्बाचित कार्यसमिती भङ्ग गरेर तदर्थ समिती बनाउने कुरा कुनै दृष्टिकोणबाट पनि उपकयुक्त नहुने कोइरालाको जिकिर छ ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  २ : १२ बजे