मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेललाई प्रधानमन्त्री ओलीकै बलियो साथ, पौडेलबारे भ्रम फैलाइएको दाबी



काठमाडौं वैशाख, १७–
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार जग्गा प्रकरणमा मुछिएका महासचिव विष्णु पौडेलको बचाउमा उत्रिएका छन् । मंगलबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गरेका छन् । उनले महासचिव पौडेलले राजाको शासनका बेला जग्गा किनेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खेल भैरहेको दाबी समेत गरे । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ०० बजे