वैदेशिक रोजगारीमा पठाईदिने भन्दै बागलुङका जंगबहादुरद्वारा १४ यूवाको लाखौं झ्वाम, तीनजनाको कतारमा बिचल्ली



काठमाडौं चैत, २१–
वैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर गरिव र बेरोजगार युवा ठगिनु र ठग्नु नेपाली समाजमा सामान्य जस्तै बनिसकेको छ । राज्यसँग प्रष्ट कानून छ, रोजगारीमा पठाउछु भन्दै ठगी गर्नेहरुलाई राज्यले कारबाही नगरेको पनि होईन । आज पनि वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीमा पठाउछु भनेर गरिव र सोझा बेरोजगार नेपाली युवाबाट लाखौं करोडौं कुम्ल्याएर सम्पर्कविहिन भएकाहरुविरुद्ध ठेलीका ठेली उजुरी नभएका होईनन् । कतिपय कारबाहीको दायरामा छन् त कतिपय फरार, र सम्पर्कविहिन अवस्थामा लुक्दै बस्दै आईरहेका छन् । यस्तै मध्ये बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं १० रायडाँडाका जंगबहादुर केसीले करिब एक दर्जन बढी गरिब नेपाली युवाको बिचल्ली बनाएका छन् ।

शाहुसँग चर्को ब्याजमा ऋण काढेर विदेश पुगेर धन कमाएर घरपरिवारको रहर पूरा गर्ने ११ जना यूवाको रहर जंगबहादुरले खरानी बनाईदिएका छन् । नेपाली सेनाको जागीर छोडेर वेरोजगार युवालाई विदेश पठाउने दलाली पेशामा लागेका जंगबहादुर ११ जना युवाको लाखौं कुम्ल्याएर सम्पर्कविहिन अवस्थामा कतारमा लुकिरहेको पीडितका आफन्त निलम घिमिरेले जानकारी गराईन् । यहाँ ११जना वेरोजगार युवाहरु आर्थिक रुपमा ठगिएका छन् भने उनीहरुलाई जंगबहादुरले आजाद भिषा पठाउने र मासिक १५ सय तलब हुन्छ भनेको आस्वासनसहित विश्वासमा पारेर जंगबहादुरले रकम लिएको पीडितकी आफन्त घिमिरेको भनाइ छ । उनले जंगबहादुरसँग रकम फिर्ता माग्दा दलाल जंगबहादुरको धाकधम्कीको सामना समेत गरिरहेकी छिन् ।

जब उनले हामीलाई भेटिन उनी निकै अफ्ठेरोमा परेको जस्तो देखिन्थिन् । उनी जानीनजानी फसेपछि अब कसरी यो समस्याबाट पार पाउने भन्ने समस्याले थिचिएकोे जस्तो देखिन्थिन् । हुन पनि जंगबहादुरले गरेको अन्याय सामान्य छैन । उनले गत डिसेम्बरमा आकर्षक तलबसहितको आजाद भिषा पठाउछु भनेर तीनजनाको पठाएको घिमिरे बताउछिन् । उनले भनिन्, ‘जंगबहादुरले भिषा त तीनजनाको पाठए तर, जब ति तीनजना कतार पुगे उनीहरु कही कतै काम नपाएर अलपत्र परे ।’ ती तिन जना अहिले कतारमा बिचल्लीको अवस्थामा छन् । घिमिरेका अनुसार त्यसरी कतारमा बिचल्लीमा पर्नेहरुमा रुकुमका मनविर बिष्ट, काभ्रेका मन्जीत तामाङ र काभ्रेकै सन्देश मोक्तान रहेका छन् । उनीहरुबाट जंगबहादुरले जनही १ लाख ५० हाजारका दरले रकम लिएका छन् ।

घिमिरेका अनुसार त्यहीबिचमा जंगबाहदुरले अन्य ११ जना यूवाहरुसँग पनि गत डिसेम्बरमा जनही ५० हजारका दरले रकम लिईसकेको र उनीहरुलाई भिषा नै नपठाएर सम्पर्कविहिन भएको घिमिरेले बताईन् । ‘त्यसरी रकम लिएको केही दिनसम्म सम्पर्कमा रहेका जंगबहादुरले केही दिन त भिषा पठाउछु भन्दै टारिरहे तर, अहिले सम्पर्कविहिन अवस्थामा पुगे’ घिमिरेले भनिन् । उनले त्यसरी रकम ठगेका ११ जना सबै यूवा पाल्पा जिल्लाका रहेका छन् । त्यसरी ठगिने यूवाहरुमा पाल्पाका बलबहादुर गाहा, सन्तोष गाहा, वीरबहादुर रेष्मी, बीजय शाह, लिलाबहादुर हिष्की, एकेन्द्र सिं रहेका छन् । त्यस्तै, जीतेन्द्र बहादुर राना, लालबहादुर गाहा, वीक्रम राना, ताराबहादुर राना तथा हीराबहादुर राना पनि जंगबहादुरबाट ठगिनेमा परेका छन् । यसरी जंगबहादुरबाट ठगीएकी घिमिरे तथा एकदर्जन बढी यूवाहरु अहिले आफूहरुको रकम फिर्ता पाउने आशामा न्याय पाईने ठाँउतिर भौतारिरहेका छन् ।

प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार  ३ : १६ बजे