सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको बैठक सम्पन्न



काठमाडौं चैत, २१– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मूख्यमन्त्रीहरुले आज विहान भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका छन् । ‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंधको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : चैत्र २१, २०७५ बिहिबार  ५ : ३८ बजे