मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण कोरियाका पाँच शहरहरुमा भिषण आगलागी पछी सरकारद्वारा राष्ट्रिय प्रकोपको घोषणा



काठमाडौं चैत २२,एजेन्सि-

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा  भिषण आगलागी भयपछी  त्यहाको  सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । उक्त भीषण डढेलोमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका दक्षिण कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन ।

आगलागी प्रभाबित क्षेत्रहरुबाट हजारौँ व्यक्ति विस्थापित भएका छन् । प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै त्यहाको  राष्ट्रिय बिपद व्यवथापन निकायसँग छलफल गरेर उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् तर कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई आगलागी नियन्त्रणमा कठिनाई उत्पन्न भएको बताइएको छ । आगलागी नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ भने उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको सिन्ह्वाले जनाएको छ ।

आगलागी दक्षिण कोरियाको  राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट बिहीबार राति शुरु भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ३१ बजे