सुनसरी-
बिहान करिब ८ बजे प्रदेश १ को सुनसरीको कोशी गाउँपालिका-४, जुद्धगञ्जमा भएको आगलागीमा ९ घर जलेर नष्ट भएका छन्।
रहमान मन्सुरीको घरबाट सुरु भएको आगोले छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण बिजुली सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ। इनरुवा, इटहरी र दुहबीको दमकल तथा प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। क्षतिको पूर्ण विवरण आइ नसकेको प्रहरिले जनाएको छ ।