मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा एउटी महिला मृत भेटिइन् , मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार



चैत २३ सर्लाही –

प्रदेश २ को  सर्लाही जिल्ला बसबरीया गाउँपालिका मनटोलकी एक एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् ।

मृतक महिलाको घाँटीमा निलडाम देखिएको र उनको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिएका छन ।

मृत्यु हुने महिला स्थानीय सुरेन्द्र मुखियाकी २२ वर्षीया श्रीमती सागरदेवी मुखिया भएको प्रहरिले जनाएको छ ।

मृतक सागरदेवी मुखियाले श्रीमानले आफुलाई पटकपटक कुटपिट गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका अन्य सबै सदस्य फरार रहेको र फरार रहेका सबैको तिब्रताका साथ खोजी भइ रहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ०७ बजे