बैशाख १८, काठमाडौं
पूर्व महामन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिंहले भ्रष्टाचारमा सम्लग्नलाई कार्बाही गर्नु पर्नेमा बर्तमान सरकारले उल्टै सम्रक्षण गरी रहेको बताएका छन । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता सिंहले शान्ती सुरक्षा र बिकाश निर्माण लाई गती दिन पनि सरकार असफल भएको र बिकासका लागी सरकारले चर्को नारा लगाएपनि काम भने हुन नसकेको बताएका हुन ।
नेता सिंहले सरकार राजनितिक रुपमा समेत स्पस्ट नभएको ब ताउदै देश्मा निर्बाचन भएर प्रदेश सरकार समेत बनी सक्दा पनि सरकार सङ्हियता प्रती स्पस्ट हुन नसकेको जिकिर गरे । नेता सिंहअले भ्रष्टाचारा मा सम्लग्नलाई कार्बाही गर्नु पर्नेमा बर्तमान सरकारले उल्टै सम्रक्षण गरी रहेको ब ताए ।
कार्यक्रममा काग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले नेपालमा उद्योग ब्यबसाय सञ्चालन गर्ने वातावरण नबनेका कारण नेपाली श्रमिकहरु विदेशीन बाध्य भएको र युबा हरु बिदेसिदा देशलाई चाहिने जनशाक्ती बिदेश पलायन हुन पुगेको बताए ।प्रबक्ता शर्माले मजदुर दिबशको सबैलाई शुभकामना दिदै देशमा कम्युनिष्टहरुको सरकार हुँदा मजदुरहरुको दैनिकी झनै कठिन बन्न थालेको समेत बताए ।