काभ्रे-
नेपाली कांग्रेसका नेता एबम केन्द्रिय सदस्य शेखर कोइरालाले नेता कोइरालाले बर्तमान सरकार निषेधको राजनिती तर्फ उन्मुख हुँदैगएको ले अब सबै प रिस्थितिको सामाना गरेर लड्न तयार रहन समेत कांग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।
नेपाली कांग्रेस भुम्लु गाउॅपालिका, काभ्रेले सल्लेमा आयोजना गरेको आमसभा लाई संबोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीका अभिब्यक्तिहरु देशलाई मुठ्भेड तिर लाने खालका भएको बताउदै सरकार झन झन गलत बाटोमा जान थालेको बताएका छन ।
नेता कोइरालाले बर्तमान सरकार निषेधको राजनिती तर्फ उन्मुख हुँदैगएकोले अब सबै परिस्थितिको सामाना गरेर लड्न तयार रहन समेत कांग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेपाली कांग्रेस हिजो पनि लोकतन्त्र र जनाधिकारका निम्ती सबै अतिबादी शक्ती सग लडेर आएको स्मरण गर्दै नेता कोइरालाले अब पनि अतिबाद सग लड्न कांग्रेस तयार रहेको बताए ।फरक प्रसङ्गमा बोल्दै नेता कोइरालाले पार्टिको महाधिबेशन बिधानले तोकेको समयमै हुनु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु प्रदिप पौडेलले सरकारले जनाता लाई धोखा दिएको बताए ।नेता पौडेलले देशमा खुलम्खुल्ला अरबौ भ्रष्टाचारका काण्डहरु सार्बजनिक भइ रहदा समेत सरकार मौन रहनुले सरकार आफै भ्र्ष्टाचारमा सम्लग्न रहेको पुष्टी हुने जिकिर गरे ।
कार्यक्रमलाई पार्टिका केन्द्रिय सदस्यहरु बहादुरसिंह तामाङ्,शिब हुमागाॅई,काभ्रे कांग्रेसका सभापती मधु आचार्य,पुर्व सांसद डा शोभाकर पराजुली,राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायतले सम्बोधन गरेका थिय ।