बैशाख २०, काठमाडौँ–
नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कुनै राम्रो निबन्ध होकी सरकारी कार्यक्रम हो, छुट्याउनै गार्हो भएको बताएका छन ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै डा.भट्टराईले नीति तथा कार्यक्रम सुन्दा सुन्दर निबन्धजस्तो भएको,सुन्दर परिकल्पनाहरुले भरिएको तर त्यसको ब्यबहारिक कार्यन्वन कसरी गर्ने भन्ने कुनै योजना नभएको बताएका हुन ।
आज प्रस्तुत गरिएको निती तथा कार्यक्रम पुरै हावादारी भएको र सुनिरहदा आफुलाई निबन्ध सुने जस्तो अनुभुति भएको समेत बताए ।
निती तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्न गरिएको परिकल्पनाका बारेमा प्रतिकृया दिदै नेता भट्टराइले भने ‘कर्मचारीलाई कसम खुवाउने कुरा हाँसो लाग्दो छ, भ्रष्ट्राचारलाई पूर्णरुपले नरोकेसम्म राजश्वको अभिवृद्धि गर्न र विकासलाई अघि बढाउन सकिन्न । यहाँ कसरी रोक्ने भनिएको छैन’ ‘बडो हाँसो उठ्दो ढंगले कर्मचारीहरुलाई कसम खुवाउने, प्रतिबद्धता गराउने भनिएको छ त्यसले भष्ट्राचार रोकिने त हैन ।’
नेता भट्टराइले आज प्रस्तुत गरिएको निती तथा कार्यक्रमले व्यवहारमा आसर नपार्ने उल्लेख गर्दै भने ‘यो सरकारबाट जनताको अपेक्षा पुरा हुन्छ जस्तो लाग्दैन ,जनाताले चिप्ला कुरा होईन काम खोजेका छन ।








