मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तर कोरियाले गर्‍यो फेरी मिसाइल परिक्षण ,किम जोङ उनले गरे प्रत्यक्ष अबलोकन



काठ्माण्डौ एजेन्सि-

उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केहि हप्तामै उत्तरकोरियाले छोटो दुरिको मिसाइल परिक्षण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसग भेट्घाट भएको २ महीना पछी उत्तर कोरियाले शनिवार छोटो दुरिको मिसाइल परीक्षण गरेको हो ।
उत्‍तर कोरियाले दक्षिणपूर्वी वोनसानस्थित पूर्वी क्षेत्रको प्रक्षेपण स्थलबाट स्‍थानीय समयानुसार ९ बजेर ६ मिनटको समयमा मिसाइल परिक्षण गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

उत्तर कोरियाले गरेको यो परीक्षणबाट कोरियाली प्रायद्वीपमा शान्ती स्थापना गर्न अमेरिकाले गरेको प्रयास बिफल हुनै लागेको आशङ्का गरिएको छ ।

दक्षिण कोरियाली समाचारसंस्थाहरुका अनुसार उत्तर कोरियाली नेता किम जोंग-उनले आफै उपस्थित भएर मिसाइल परिक्षणको अबलोकन गरेका थिय ।

मिसाइल परीक्षणलाई लिएर अमेरिका र दक्षिण कोरियाले साझा समीक्षा गरीरहेको बताइएको छ ।

उत्तर कोरियाली नेता किम पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस पुगेका थिए ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसग भेटेको केहि हप्तामै उत्तर्कोरियाले गरेको मिसाइल परिक्षणलाईइ अन्तर्‍आष्ट्रीय रुपमा गम्भिरताका साथ लिइएको समाचारहरुमा जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : ४९ बजे