थाईल्यान्डमा नयाँ राजाको राज्याभिषेक हिन्दू र बौद्द धर्मपरम्परा अनुसार



बैशाख २१,काठ्माण्डौ-

थाईल्यान्डमा नयाँ राजा बाचिरालङ्कनले शनिवार राज्याभिषेक गरेका छन ।उनको  राज्याभिषेक हिन्दू र बौद्द धर्मको रितिवाज अनुसार आगामी ३ दिन सम्म चल्ने बताइएको छ । राज्याभिषेक शुरु भएसगै बाचिरालङ्कन त्याहाको राजा घोषित भएका छन ।

उनको राज्याभिषेक समारोहलाई थाइल्यान्डको टेलिभिजनबाट प्राषारण गरिएको छ भने थाइल्यान्ड बासिले ७० बर्षा पछी पहलो पटक राजाको राज्याभिषेक टेलिभिजनबाट प्रत्यक्ष हेर्ने मौका पाएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।यस अघी उनका पिता भूमिबोल अतुल्यतेजको सन १९५० मा राज्याभिषेक भएको थियो ।

राज्याभिषेकको क्रममा बाचिरालङ्कन शनिबार बिहानै प्राचीन रितिरिवाज अनुसार राजमहल पुगे र त्यहा उनले बौद्ध धर्म गुरूबाट उपदेश लिए। त्यस पछी स्थानीय समयानुसार ठीक १०:०९ बजे उनले आफ्नो पहिरन बदलेर सुन र जहाँवारत हरु प्रयोग गरेर बनाइएको राजा को पहिरन र चप्पल लगाए ।

त्यस पछी नयाँ राजा पूजाघर पुगेर पुरै थाईल्यान्ड्भरीबाट सङ्कलन गरेर ल्याइएको पवित्र जल छर्के पछी हिंदू ब्राह्मण पुजारिबाट पवित्र जल अभिषेक गरी बेल पत्ती शिरमा लगाए । त्याहाको प्राचिन मान्यता अनुसार यसलाई विजय र मंगल कार्यको शुरुवात मान्ने गरिएको छ । राज्याभिषेकको क्रममा राजाका लागी तयार पारिएको सेतो हात्ती पनि उनलाई दिइएको छ ।

उनको राज्यभिषेक ३ दिन सम्म चल्ने अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।तीन दिन चलने राज्यभिषेक समारोहका लागी २५ करोड़ रुपैया बराबरको खर्च हुने बताइएको छ । ६६ बर्शिय बाचिरालङ्कनका  पिता महाराजा भूमिबोल अतुल्यतेजकको २०१६ मा निधन भय पछी उनले थाइल्यान्डको राजा बन्ने अबसर पाएका हुन ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  २ : १३ बजे