मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो जागरण पार्टी भित्रै : काँग्रेस वरिष्ठ नेता पौडेल



बैशाख २२,  काठमाडौं–काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी मज्बुत बनाउने हो भने  पार्टिको महाधिबेशन समयमै गर्नुको गर्नको कुनै बिकल्प नभएको बताएका छन ।आईतबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलाले काँग्रेस पार्टी भित्र नयाँ जागरण अहिलेको आवाश्यकता भएकोमा जोड दिदै जनजागरण अभियानलाई पार्टिको आन्तरिक जागरण गराउने गरी सञ्चालन गर्न जरुरी रहेको समेत बताए ।

आन्तरिक रुपमा सवल भय मात्रै आगामी निर्वाचनमा काँग्रेस सफल हुने वरिष्ठ नेता पौडेलको भनाई छ । पार्टी भित्रै जागरण आए मात्र अरुलाई परास्त गर्न सकिने तथा देश र लोकतन्त्रको सम्रक्षण गर्न सकिनेमा नेता पौडेलले जोड दिए ।वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र भात्री र शुभेच्छुक सङ्गठनहरुको संगठनहरुको अधिवेशनहरु समयमा गराउन सभापति शेरबहादुर देउवा तयार हुनेपर्ने सङ्केत गरेका छन ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ३२ बजे