पार्टी केन्द्रदेखि वडा तहसम्म कांग्रेस मेला अभियान चलाउने कांग्रेसको तयारी



काठमाडौं वैशाख, २२–
कांग्रेसले पार्टीको केन्द्रदेखि वडा तहसम्म लोकतन्त्रका लागि कांग्रेस मेला अभियान चलाउने जनाएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, गाउँरनगर र वडामा कांग्रेस मेला गर्न लागेको हो। उपसभापति विमलेन्द्र निधि संयोजकत्वको प्रतिष्ठानले वैशाख १९ देखि आजसम्म चलेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको हो ।

आइतबार पार्टी सचिव मुक्ति आचार्यले विज्ञप्ति निकालेर उक्त जानकारी गराएका हुन् ।

पार्टीले देशैव्यापी सञ्चालन गर्न लागेको राष्ट्रिय जनजागरण अभियान पूर्ण रूपमा सफल पार्न प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा गर्ने तथा दुवै संसदका सांसदलाई प्रशिक्षण दिने पनि प्रतिष्ठानको तयारी छ।

कांग्रेसबाट जितेका गाउँपालिका प्रमुखरउपप्रमुखको भेला काठमाडौंमा गर्ने, भातृ र शुभेच्छुक संस्थालाई प्रशिक्षण दिने, कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गर्न १३ वर्षदेखि २८ वर्ष उमेरसम्मकालाई प्रशिक्षण गराउनेलगायत कार्यक्रम छन्।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ४६ बजे