कपिलबस्तुमा बिभिन्न पार्टी परित्याग गरी दुइ सय भन्दा बढी कांग्रेसमा प्रबेश महामन्त्री कोइरालाले गरे स्वागत



कपिलवस्तु वैशाख, २२–

कपिलवस्तुको मायादेबी गाउपालिको डुमरामा तत्कालिन माओवादीकी सभासद इन्द्रवती यादवसहित २ सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै, नया शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई  आज डुमरामा भएको भब्य कार्यक्रमका बिच नेपाल कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार सरकार गफमा सफल र काममा बिफल भएको बताए ।  उनले दुई तिहाई सरकारको एक बर्षको समय हावादारी गफ र गलत प्रचारमै बितेको बताए । महामन्त्री कोइरालाले अबको चार बर्ष पनि केपी ओलीले हावादारी गफ गरेरै समय विताउने प्रष्ट पारे ।

सम्बोधनका क्रममा महामन्त्री कोइरालाले सरकारले जनतालाई पुरा नर्ग नसक्ने सपनाको पोका बाँडेको बताए ।  किसानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेकोमा जोड दिए ।

उनले अर्को पटक निर्वाचनमा कांग्रेसको जीत हुने उल्लेख गर्दै भने  ‘ कांग्रेसलाई कसैले हराउन सक्दैन तर कांग्रेसमा साचो एकता हुनु पर्छ’ । उनले कांग्रेसलाई कांग्रेसी बाहेक अरु कसैले हराउन नसक्ने भन्दै गुट र उप गुट अन्त्य गर्नु पर्ने उनको भनाइ छ ।

२०४८ साल पछि कांग्रेस १५ र एमाले १३ बर्ष सरकारको नेतृत्व गरेको र कांग्रेसको पालामै सडक पुल विश्वविद्यालय, स्वास्थ्य लागतयका क्षेत्रमा फडको मारेको कोइरालाको भनाइ थियो ।

उक्त कार्यक्रममा केंद्रीयसदस्य तथा प्रमुख सचेतक बालकृष्णा खाँड़, पूर्वमन्त्री दीप कुमार उपाध्याय, पुर्व मन्त्री दिपक गिरी, केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल , अफताव आलम, जिल्ला पार्टी सभापति एवं पुर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चाय लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुभाकर पाण्डेय, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, ने वि संघ पुर्व उपाध्यक्ष सागर परियार महामन्त्री कुन्दनराज काफ्ले लयायतले  धारणा राखेका थिय ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : १८ बजे