बैशाख २३, काठ्माण्डौ-
नेपाली कांग्रेसका नेता बिष्णु धितालले सरकारको कार्याकाल ४ बर्ष बाकी रहदा जनतालाई यो सरकारको कार्यकाल कहिले सकिएला भन्ने अनुभुती हुन थालेको बताए ।
सरकारको निती तथा कार्यक्रममा सामान्य कुरालाई पनि बढि प्रचार प्रसार गरिएको बताउदै नेता धितालले गाउ गाउका जनताकालागी सामान्य सडक र औषधी उपचार समेत नपुगेको बेला सरकार पानी जहाज र रेलको उडन्ते सपना बाड्न ब्यस्त रहेको बताए ।
न्यू सन्चार सग कुरा गर्दै नेता धितालले सरकार सार्थक काम गर्ने भन्दा पनि हावादारी प्रचारमा उत्रीएको बताए ।
सरकार बनेको बर्ष दिन पुरा भइ सक्दा पनि जनताले अनुभुतु गर्ने खालको कुनै परिवर्तन अहिले सम्म हुन नसकेको बताउदै नेता धितालले सरकारले उल्टै जनताको दैनिकी कष्टकर बनएको आरोप लागाए ।
कम्युनिष्ट सरकारको काम गराइ हेर्दा सुखी नेपाली सम्बृद्द नेपाल भन्ने नारा झुटको पुलिन्दा साबित भइ सकेकोमा जोड दिदै जनताले नारा नभएर बिकास खोजेको उनले बताए ।
सराकारका कुरा गुलिया तर परिणाम तितो देखिन थालेको सरकारका कृयाकलापले पुष्टी हुँदै गएको उल्लेख गर्दै नेता धितालले ठुला ठुला भ्रस्टाचार काण्ड बाहिर आउनु तर कार्बाही कसैलाई नुहुनुले सरकारको बास्तबिक असली चरित्र देखिएको बताए ।