कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि : फेरी झस्किए राजधानिबासिहरु



काठमाडौं ।

काठ्माण्डौको कोटेश्वरस्थित बीच सडकमा शंकास्पद वस्तु फेला परेको समाचार सार्बजनिक भए सगै एक पटक राजधिनीबासिहरु झस्किएका छन । यस घटनाले बिगतको माओबादी द्वन्दका बेला बिभिन्न ठाउमा हुने बिष्फोटहरुले नागरिकलाई असुरक्षित बनाएका घटनाहरुलाई स्मरण गराएको छ ।

काठ्माण्डौको कोटेश्वरस्थित बीच सडकमा  शंकास्पद वस्तु देखेपछि स्थानीयको सुचनाका आधारमा घटनास्थल पुगेको नेपाली सेनाको बम्, डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु बम नै भएको पुष्टी गरेको हो ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

यसले राजधिनीबासिलाई बिगतको माओबादी युद्द सगै  चर्केको द्वन्दको स्मरण गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ३ : ४८ बजे