बैशाख २५,काठ्माण्डौ-
नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्ट नेतृत्वको बर्तमान सारकारले भ्रस्टाचारमा किर्तिमान कायम गरेको दाबी गरेका छन ।
धादिङमा नेपाली काँग्रेसले शुरु गरेको जागरण अभियानको शुभारम्भ गर्दै नेता पौडेलले वाइड बडी जहाँजमा भ्रस्टाचार टेलिकमको फोरजि परियोजना लगायत सबै ठुला आयोजनामा भ्रस्टाचार्,हुँदा हुँदै सरकार र नेकपाका नेता कार्यकर्तहरुले बालुवाटार र टुडिखेलको जग्गा समेत हडप्न खोजेको आरोप लगाएका हुन ।
कम्युनिस्ट पार्टीको सदस्यता लिए सरकारी जग्गा बेचे पनि छुट हुने ? नेता पौडेलले प्रश्न उठाए ।
देशमा भ्रष्टाचार ,असुरक्षा र दलालितन्त्रले सिमा नाघ्न थाली सकेको जिकिर गर्दै नेता पौडेलले सरकारी रबैयाको बिरुद्द जुट्न सबैलाई आग्रह समेत गरे ।








