अमेरिकाले लगायो इरानबाट धातु निर्यातमा प्रतिबन्ध : दुइ देश बिच थप तनाब बढ्न सक्ने



काठ्माण्डौ एजेन्सि-

ईरानको तेल निर्यातमा प्रतिबन्ध लाईरहेको अमेरिकाले बुधवारबाट इरानमाथी थप नयाँ प्रतिबंध लगाएको छ । फलाम, स्टील, एल्युमीनियम र तामाको  निर्यातमाथी अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो । ईरानको कुल निर्यात मध्य १०% निर्यात यिनै धातु र धातुजन्य उत्पादनले धान्ने गरेको र अमेरिकाले लगाएको नयाँ प्रतिबंधले दुइ देश बिचको तनाब अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

पेट्रोलियम पदार्थ बाहेक ईरानको निर्यात राजस्वमा महत्वपुर्ण योगदान पुर्याइ रहेको धातुजन्य सामाग्रीको निर्यात माथि समेत प्रतिबन्ध लगाइएपछी इरानमाथी थप  दबाब पर्ने ठानिएको छ ।अमेरिकाले उसका साझेदार देशहरुलाई समेत इरानबाट स्टील र अन्य धातु बोकेर आउने जहाँज हरुलाई आफ्ना बंदरगाहहरुमा उत्रीन नदिनका लागी सचेत गराएको छ ।

अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले ईरान माथी फलाम्, स्टील, एल्युमीनियम र तामा निर्यातमा प्रतिबंध लगाउने आदेश माथी हस्ताक्षर गरेको र ट्रम्पले इरानी नेताहरुसग भेट्घाट गर्न चाहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार  ८ : ५४ बजे