काठमाडौं वैशाख, २७–
शुक्रबारबाट संघीय संसदमा प्रि–बजेट छलफल सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल शुरु भएको हो । संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार आजको संसद बैठकमा दुई वटा कार्यसची रहेका छन् ।
आजको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व.२०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् । अर्थमन्त्री खतिवडाको प्रस्तावलगत्तै आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने महासचिव भट्टराईले जानकारी गराए ।








